चितवनको राप्ती नगरपालिका–५ मा शनिबार साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नम्बरको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।
अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारी रहेका छन्। अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन। एक २६ वर्षीय पुरूषको भने भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।