गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण दर्ता अपरेटर माग गरेको छ।
विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत विभिन्न छ जिल्लाबाट करारमा ६०० विवरण दर्ता अपरेटर माग गरेको हो।
विभागले सोमबार सूचना जारी गरेर झापाबाट १६४, ललितपुर र चितवनबाट ११७, कञ्चनपुरबाट ९१, गुल्मीबाट ७१ र संखुवासभाबाट ४० जना दर्ता अपरेटर माग गरेको हो।
आउँदो पुस ७ गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रु १० को टिकट टाँसी दरखास्त फारम भरेर नि:शुल्क दस्तुर बुझाउन सकिनेछ।
दरखास्त भर्न प्रवीणतम वा सो सरह उत्तिर्ण गरेको तथा कम्प्युटरको ज्ञान भएका १८ देखि ३९ वर्षसम्म हुनुपर्ने छ।
दर्ता अपरेटर छनोटका लागि यही मंसिर २६ गते(शुक्रबार) सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानबाट लिखित परीक्षा दिनुपर्नेछ।
दर्ता अपरेटरले दैनिक १२ सयको दरले मासिक पारिश्रमिक पाउने विभागले जनाएको छ।