महोत्तरी प्रहरीले ओरही नगरपालिका-३ श्रीपुर खोलाबाट दुई थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल, नलकटुवा पेस्तोलसहित गौशाला नगरपालिका-६ फुल्काहाका ३२ वर्षीय राकेशकुमार यादवलाई सोमबार बिहान पक्राउ गरिएको हो।
यादवको साथबाट अटोमेटिक पेस्तोलको म्याग्जिन तथा गोली ४ राउण्ड बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटिएको प्रहरीले टोलीले यादवलाई हतियारसहित पक्राउ गरेको हो।
पक्राउ परेका यादवमाथि हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको महोत्तरी प्रहरीले जनाएको छ।