मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ।
शुक्रबार बिहान पिकनिकको लागि घ्याम्पे डाडाँमा गइरहेको बा ५ ख ४२८६ नम्बरको बस सूर्यविनायकमा दुर्घटना भएको हो।
बसमा सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा विद्यार्थी सामान्य घाइते मात्र भएको र उनीहरूको इवामोरा अस्पतालमा उपचार भइरहेको कलेजका प्रधानाध्यापक डम्बर हमालले जानकारी दिए।
उक्त बसमा स्नातक तेस्रो वर्ष अध्ययनरत विद्यार्थी धेरै रहेको हमालले बताए।