हत्यामा संलग्न भएको अभियोगमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा सिरहा नगपालिका-१२ का नन्दु भनिने रामनन्द महरा छन्।
उनलाई प्रहरीले खोजीको क्रममा बिहीबार फेला पारेको थियो।
कात्तिक २० गते बेलुका झाँक्रीकुमार यादवको हत्या भएको थियो। कमला खोलाको बाँधमा खुकुरीले घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो।
सो घटना गराएर फरार रहेका महरालाई पक्राउ गरी कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।