पूर्वमेयरको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।
पूर्वमेयर ध्यानबहादुर राईको सोमबार निधन भएको हो।
नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय मंगलबार बिदा दिइएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
राई २०४६ सालपछि भएको निर्वाचनमा धरानमा निर्वाचित मेयर थिए।