वीरगञ्जमा रहेको नेशनल ट्रेडिंगको गोदाममा मंगलबार साँझ आगलागी भएको छ।
शंकराचार्य गेट नजिकै भन्सारमा रहेको नेशनल ट्रेडिंगको पुरानो गोदामघरमा आगलागी भएको हो।
आगोलाई वीरगञ्ज महानगरपालिकाका २ वटा दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीले निभाएको वीरगञ्ज महानगरपालिका दमकल शाखाका प्रमुख शेर बहादुर कार्कीले जानकारी दिए।
विजुली सर्ट हुँदा सो आगलागी भएको हो।
आगलागीबाट गोदाममा भएका सामान जलेर नष्ट भएका छन्। गोदाममा काम नलाग्ने सामानहरु भण्डारण गरेर राखिएको थियो।
घटनामा कुनै मानविय क्षति भएको छैन्। करिब ७ बजेर ३५ मिनेटमा सुरु भएको आगलागीलाई करिब ९ बजेतीर पूर्णरुपमा निभाइएको थियो।