भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार ललिता रोकायाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीबाट एक लाख पचास हजार रुपैयाँ घुस लिएको आरोपमा रोकायाविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
रोकायालाई सोही बराबरको बिगो र सजाय माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत् जनाएको छ।
भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराइदिन्छु भनी घुस लिएको आरोपमा अख्तियारले रोकायालाई रंगेहात नियन्त्रणमा लिएको थियो।