साढे दुई किलो चरेससहित दाङबाट तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्ने सबै रुकुम पश्चिमका छन्।
मुसिकोट नगरपालिका वडा नं. २ रातामाटाका २१ वर्षीय अनिल पुन मगर, आठविसकोट नगरपालिका वडा नं. ९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका वडा नं. ६ का ४० वर्षीय बाहादुर बोहरा पक्राउ परेका हुन्।
दाङ जिल्लाका प्रहरी प्रवक्ता सुमित खड्काले उनीहरू तीनै जनालाई सोमबार बेलुका ५ बजेतिर पक्राउ गरिएको जानकारी दिएक।
गोप्य सूचनाको आधारमा उनीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ सितलपुर क्षेत्रबाट पक्राउ गरिएको डिएसपी खड्काले बताए। उनीहरू राप्ती राजमार्ग हुँदै बाँकेतर्फ जान लागेको हुन सक्ने आशंका प्रहरीको छ।