अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध आइतबार विषेश अदालतमा मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र देखाई २०५३ साल जेठ एक गते देखि खनाल तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा राप अन तृतीय श्रेणीमा नियुक्ति भएको भन्ने सूचना अख्तियारले पाएको थियो।
सोही सुचनाका आधारमा अनुसन्धान हुँदा उनले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टी भएको अख्तियारले आइतबार प्रेस विज्ञप्तीमार्फत जनाएको छ।
झुठ्ठा विवरण पुष्टी भएसँगै अख्तियारले शालिकराम खनाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गर्दै अदालतमा आरोपपत्र दायर गरेको हो।