ललितपुर गोदावरी नगरपालिका ५ लेलेस्थित खत्रिगाउँ नजिकै रहेको सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ। आइतबार दिउँसो १२ बजे स्थानीयले प्रहरीलाई महिलाको नग्न अवस्थामा शव भेटिएको भन्दै खबर गरेका थिए।
‘स्थानीयले एक महिलाको नग्न अवस्थामा शव फेला पारेपछि हामीलाई खबर गरेक थिए’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेक राईले सेतोपाटीसँग भने, ‘तर प्ररम्भिक अनुसन्धान अनुसार बलात्कार भएको देखिन्न।’
साथै उनको शरिरमा निलो खत पनि भएको एसएसपी राईले बताए। थप अनुसन्धान भइरहेको र ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।