गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको लाजिम्पाटबाट सोमबार राति ११ बजे लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चेकिङका क्रममा मादक पदार्थ सेवन गरेको देखिएको र प्रहरीसँग विवाद पनि गरेको भन्दै काभ्रेका लामालाई पक्राउ गरेको प्रहरीले बताएको छ।
‘प्रहरीसँग विवाद गरेपछि लामालाई पक्राउ गरेको हो,’ महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले सेतोपाटीसँग भने, ‘थप अनुसन्धान भइरहेको छ।’
लामा यसअघि पनि पटकपटक पक्राउ परेका थिए।