मिथिलाञ्चलको धार्मिक एवं ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरू भएको छ।
धनुषाको मिथिलाबिहारी नगरपालिकामा रहेको मिथिलाबिहारीको मन्दिरबाट भगवान् मिथिलाबिहारीको डोला उठेपछि मात्रै १५ दिने मिथिला मध्यमा परिक्रमाको सुरूआत हुन्छ।
यसपालि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भगवान् मिथिलाबिहारीको डोला काँधमा राखेर उठाएपछि गाँजाबाजासहित डोला निस्केको थियो।
धनुषाको जनकपुरधामस्थित अग्निकुण्डबाट माता जानकीको डोला र भगवान रामको डोला नेपाल तथा भारतमा पर्ने मिथिलाञ्चलका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गर्दै १५ औँ दिनमा जनकपुरधाम ल्याएर समाप्त हुने गर्दछ।
मिथिला महात्मकाअनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीन वटा परिक्रमाको उल्लेख पाइन्छ।