टर्की र इरानको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ।
आइतबार बिहान स्थानीय समय अनुसार सवा नौ बजे टर्कीको आन्तरिक मन्त्री सुलेमान सोयलुका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पबाट तीन बालबालिकासहित आठ जनाको मृत्यु भएको बताइएको छ साथै २१ जना घाइते भएको र त्यसमध्ये आठ जना गम्भीर रहेका छन्।
भूकम्पले एक हजार बढी घर भत्किएका छन्। घरमुनि धेरै पुरिन सक्ने अनुमान गरिएको छ। उनीहरूलाई उद्दार गरिरहेको अल्जजिरा जनाएको छ।
अधिकारीका अनुसार भूकम्पको धक्का खोए, उर्मियाह र सलमास सम्म महशुस गरिएको छ।