हिमाली जिल्ला मुस्ताङ घुम्न आएका ६६ वर्षीय मलेसियन नागरिक राजलिङ्गमको मृत्यु भएको छ।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा बिहान साढे १० बजे उनी मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा बेहोस भएर ढलेका थिए।
उपचार गर्न जिल्ला अस्पताल जोमसोम पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
उनको पोसपोर्ट नम्बर ८४०८२९०२६ रहेको प्रहरीले जनाएको छ ।