दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
गाडीको ठक्करबाट राप्ती गाउँपालिका वडा नं. ३ का ४९ वर्षीय लोकमणि पाण्डेको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मसुरियामा पैदल हिँडिरहेका पाण्डेलाई पहिचान हुन नसकेको गाडीले सोमबार राति पौने ११ बजेतिर ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिए।
शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ। प्रहरीले ठक्कर दिने गाडीको खोजी भइरहेको जानकारी दिएको छ।
त्यस्तै, सोमबार दिउँसो लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प ५७११ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नं. ६ कुलमोडमा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी ३३ कृष्णबहादुर डाँगीको मत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए। घाइते डाँगीको उपचारका क्रममा दिउँसो लमहीमा मृत्यु भएको थियो।
मोडमा अनियन्त्रित भएर उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।