अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बेसीशहर नगरपालिकामा कार्यरत एक कर्मचारीलाई नक्कली शौक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा चलाएको छ।
नगरपालिकामा नायब सुब्बा तहमा ‘टाइपिष्ट’को रुपमा कार्यरत गिता अधिकारीविरुद्ध मंगलबार अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
बिहार विद्यालय परीक्षा समिति पटना भारतबाट एसएलसी तहको झुटो शौक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अधिकारी खरिदार पदमा प्रवेश गरेको र नायब सुब्बा पदमा बढुवा भएको अख्तियारको दाबी छ।
भ्रष्टाचार निवारण ऐन अनुसार कसुर पुष्टी भएकोले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।