नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा सिफारिस गरिएको छ।
आज बसेको बढुवा सिफारिस समितिले सो निर्णय गरेको स्रोतले बतायो।
एआइजीमा सिफारिस हुनेमा डिआइजी तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन्।
लम्साल आइजिपी ठाकुर ज्ञवालीका ब्याचका हुन् भने क्षेत्री र पाल त्यस पछिका ब्याचका हुन्।
आइजिपी ठाकुर ज्ञवालीका ब्याचका डिआइजी सूर्य उपाध्याय भने एआइजी बढुवामा छुटेका छन्।
अब साढे ४ महिनापछि प्रहरीको नेतृत्व क्षेत्री र पालमध्ये एकले सम्हाल्ने पक्का भएको छ।
केही वर्ष अघिदेखि प्रहरीमा डिआइजीबाट सिधै आइजिपी हुने परम्परा थियो। अब भने त्यो परम्परा तोडिने भएको छ।