धनुषामा एक वडा सचिव घुस सहित पक्राउ परेका छन्।
धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव (खरिदार) सुशिल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो।
ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिने वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियारको कार्यालय बर्दिबासबाट खटेको टोलीले ठाकुरलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको बर्दिबास कार्यालयले जनाएको छ ।