चीन भ्रमणबाट स्वदेश फर्केका मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राखिएको छ।
सरकारी समाचार संस्था मोन्टसेमले शुक्रबार दिएको जानकारीअनुसार राष्ट्रपति बत्तुल्गासहित चीन जाने सरकारी अधिकारीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको हो।
जनवरीमा चीनले कोभिड–१९ को प्रकोप रोक्न विशेष उपाय कार्यान्वयन गर्न सुरू गरेपछि बत्तुल्गा चीन भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख हुन्।
उनी विदेश मन्त्री सोग्त्बातर दमडिन र अन्य सरकारी अधिकारीसहित बिहीबार बिहान बेइजिङ पुगेका थिए। त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि केकियाङसँग भेट गरेका थिए।
‘सावधानी उपायका रुपमा उहाँहरू मंगोलिया आइपुग्ने बित्तिकै क्वारेन्टाइनमा लगिएको थियो’ मोन्टसेममा लेखिएको छ।