जर्मन दूतावासको गेटमा अचेत अवस्थामा फेला परेका जर्मन नागरिकलाई ठमेलको एक होस्टेलमा लगेर छोडिएको छ। ती नागरिकलाई बिहीबार ठमेलस्थित माउन्टेन ब्याक स्पिकर होस्टेलमा राखिएको हो।
‘केही महिनाअघि उहाँ भारत हुँदै नेपाल आउनु भएको रहेछ’ कमलपोखरी प्रहरी वृत्तका डिएसपी भरत बिकले भने, ‘उहाँको खर्च पनि सकिएको रहेछ, अनि बेवारिसे हुनुभयो।’
बुधबार काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा ती नागरिक अचेत अवस्थामा फेला परेका थिए।
उनको स्वास्थ्य अवस्था अहिले ठीक रहेको पर्यटक प्रहरी इन्स्पेक्टर अस्मिता कपालीले जानकारी दिइन्। ती जर्मन नागरिकको नाम स्कुमक्कर जोहान अल बर्फ रहेको बताइएको छ।