काठमाडौं प्रवेशको मुख्यद्वार नागढुंगा–कलंकी सडकखण्डमा किटनाशक औषधि छरिएको छ।
चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक किटनाशक औषधि छर्केका हुन्।
नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा किटनाशक औषधि छर्किएको जानकारी दिए।
नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले जानकारी दिए ।
नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत संकलनसमेत अगाडि बढाएको छ।
सबै तस्बिर : रोसन दानी