सल्यानमा बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ।
शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजिकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो
तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
गाडीको टायर मर्मत गर्ने क्रममा बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ।