नेपालस्थित विभिन्न राजदूतावासले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई चार्टर्ड विमानमा स्वदेश फिर्ता पठाएका छन्।
उनीहरूलाई फिर्ता लैजान शुक्रबार बिहान कतार एयरवेजको क्युटिआर ७४८२ उडान नम्बरको जहाज दोहाबाट खाली आएको थियो।
फर्किँदा उक्त जहाजमा ३ सय ४ जना यात्रु रहेको नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सेतोपाटीलाई जानकारी दिए।
उक्त जहाजमा जर्मनी र अन्य युरोपेली मुलुकका नागरिक सवार छन्। जहाज दोहा हुँदै जर्मनी जानेछ।
गत मंगलबारदेखि साताव्यापी लक डाउन सुरू भएपछि विभिन्न स्थानमा रहेका पर्यटक अलपत्र परेका थिए।
पोखरा, लुक्लालगायत ठाउँमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न फ्रान्सेली दूतावासले बिहीबार बुद्ध र तारा एयरका जहाज चार्टर्ड गरेको थियो।