चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री आजैबाट वितरण हुने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत् चीनबाट ल्याइएको स्वास्थ्य सामग्री आइतबारबाट वितरण हुने बताएका हुन्।
'सामाग्रीको वितरण सकेसम्म आजैबाट सुरु गर्दैछौं। यो वितरण भयो भने धेरै समस्या हल हुन्छ,' उनले भने।
सरकारले आफूले खरिद गरेको र चीन सरकार, ज्याकमा र अलिबाबाले दिएको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान काठमाडौं आइपुगेको थियो।
सरकारले उक्त स्वास्थ्य सामाग्रीहरू सबै प्रदेशमा वितरण गर्ने जनाएको छ।