लमजुङको दोर्दी ९ टक्सारका गमबहादुर बिक आइतबार ढुङ्गा निकाल्न गए।
घर बनाउनका लागि गाउँमै ढुङ्गा निकाल्दै गर्दा माथिबाट अचानक माटोको ढिस्को खस्यो, उनी पुरिए। उनलाई स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल बेसीशहरमा लगे। उपचारकै क्रममा उनको निधन भयो।
प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले घटनाका बारेमा विस्तृत अनुसन्धान गरिरहेको बताए।