वरिष्ठ मृगौला प्रत्यारोपण सर्जन तथा युरोलिष्ट प्रा.डा प्रेमराज ज्ञवालीले कोरोना भाइरसको रोकथामका लागि २ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
मृगौला प्रत्यारोपण सर्जन प्रा डा ज्ञवालीले प्रधानमन्त्री राहत कोषमा १ लाख र प्रदेश ५ को राहत कोषमा १ लाख गरि २ लाख दिन लागेका हुन।
प्रा. डा. ज्ञवाली प्रदेश ५का स्थायी बासिन्दा हुन्।
आफुले दिने सहयोग गर्ने रकम बैंकहरूको कारोबार सुरु भएपछि दिन ज्ञवालीले सेतोपाटीलाई बताए।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्रा डा ज्ञवाली गत फागुनमा प्रधानमन्त्री केपी ओलीको दोश्रो मृगौला प्रत्यारोपण गर्दा मुख्य भुमिकामा थिए।