चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीहरू काठमाडौं बाहिर पठाउन सुरु गरिएको छ।
कर्णाली प्रदेशका लागि स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको स्काईट्रक सोमबार बिहान सुर्खेत उडेको छ।
स्वास्थ्य सामाग्री लिएर स्वास्थ्य राज्यमन्त्री नवराज रावत सुर्खेत गएका छन्।
उनी सुर्खेतबाट निर्वाचित संघीय सांसद हुन्।
सेनाको स्काईट्रकले प्रदेश १ मा पनि आजै स्वास्थ्य सामाग्री लैजाने उपप्रधानमन्त्री एवम् रक्षा मन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले सेतोपाटीलाई बताए।
अन्य ठाउँहरूमा पनि लैजाने तयारी भइरहेको उनले बताए।