अफिनमातहत रहेका देशभरका निजी क्षेत्रबाट सञ्चालनमा रहेका अस्पतालहरूले उपचारमा २० प्रतिशत छुट दिने भएका छन्।
अफिनका अध्यक्ष बसन्त चौधरीले ट्वीट गर्दै आजदेखि अफिनका सम्पूर्ण सदस्य सेवा प्रदायक संस्थाले चैत मसान्तसम्म आफूले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको उल्लेख गरेका छन्।
‘वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै देशैभरि निजी क्षेत्रद्वारा सञ्चालिन अफिनका सम्पूर्ण सदस्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले आजदेखि लागू हुने गरी २०७६ चैत मसान्तसम्म आफूले प्रदान गर्ने सम्पूर्ण स्वास्थ्य सेवाहरूमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं,’ चौधरीले भनेका छन्।
कोरोना भाइरस आशंकामा देशभर परीक्षण गर्नेको संख्या बढेको छ।