कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाकी शोभा केसी बटला रहेकी इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल मेडिकल कलेज नजिकै ठोक्किएका थिए। सो घटना मंगलबार बिहानको हो।
कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार उनी स्वास्थ्य चौकीमा अनमीको रूपमा काम गर्थिन्।
‘मृतकका भिनाजुले मोटरसाइकलमा स्वास्थ्य चौकी पुर्याउन जाँदा दुर्घटना भएको रहेछ,’उनले भने।
मृतकका भिनाजु दण्डविक्रम विष्ट गम्भीर घाइते रहेको डिसपी चन्दले जानकारी दिए।
उनको मेडिकल कलेज कोहलपुरमा उपचार हुँदैछ।
एम्बुलेन्स चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको कोहलपुर प्रहरीले जनाएको छ।