गोरखामा हुने तय भएको चुम श्याग्या शताब्दी महोत्सव २०२० स्थगित गरिएको छ।
चुमनुब्री गाउँपालिका छेकम्पारस्थित राजेन गुम्बामा हुने तय गरिएको महोत्सव कोरोना भाइरसका कारण अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको महोत्सव आयोजक मुल समारोह समितिका अध्यक्ष निमा लामाले जानकारी दिए।
श्याग्या महोत्सव वैशाख ५ गतेदेखि ८ गतेसम्म गर्ने तयारी थियो।
अहिंसा क्षेत्रको रूपमा रहेको चुममा पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृतिको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको थियो।