पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाका केही पहाडी क्षेत्रमा बुधबार साँझ हावाहुरी र पानी पर्ने देखिएको छ।
'पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ,' महाशाखाकी मौसमविद् गंगा नगरकोटीले सेतोपाटीसँग भनिन्,'काठमाडौं उपत्यकाका केही स्थानमा पनि बेलुकीसम्म पानी पर्न सक्छ।'
केही स्थानमा भने अहिले पनि पानी परिरहेको नगरकोटीले बताइन्।
हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।