बुटवलको तिनाउ नदीमा एक शव फेला परेको छ।
बुटवल उपमहानगरपालिका वडा नंं २ नजिकै तिनाउ खोलामा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
मृतकको साथमा भेटिएको मोबाइल नम्बरका आधारमा प्रेम थापा नाम रहेको प्रहरीको भनाइ छ।
गुल्मीदेखि बुटवलसम्म आएको बसको टिकट समेत खल्तीमा भेटिएको छ। एनको हालसम्म ठेगाना नखुलेको प्रहरीले जनाएको छ।
जिन्स पाइन्ट, खैरो भेस्ट, निलो खैरो हुटको पहिरनमा रहेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।