पर्सामा आफ्नै बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू, ससुरा र कान्छी बुहारीसहित ४ जनालाई पक्राउ गरेको छ।
पर्सा जिल्लाको बहुदराई नगरपालिका ८ रामनगरी निवासी उर्मिला देवी कानुको हत्याको अरोपमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।
शुक्रबार राति उर्मिलाको हत्या गरि रातभरि घरमा लुकाइ राखेको तथा शानिबार राति १० बजे गाउँ नजिकै रहेको नदीमा लगेर जलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा सासू फुल कुमारी, ससुरा सुरेश राउत कानु, कान्छी बुहारी मालती देवी तथा छिमेकी विक्रम पण्डितलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतकका श्रीमान तथा कान्छो भाइ रोजगारीको शिलशिलामा विदेशमा रहेकोे बेला परिवारका अन्य सदस्यहरूले उर्मिला देवीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।