धनगढीका कोरोनाभाइरस (कोभिड-१९) संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ।
संक्रमित पुरूषका दाइले भाइको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको जानकारी दिए।
संक्रमित व्यक्ति गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए।
शनिबार उनकी भाउजूलाई पनि कोरोना संक्रमण देखिएको थियो। अहिले दुबै जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा छन्।
परिवारका बाँकी ७ जना सदस्यको भने नतिजा नेगेटिभ देखिएको हो।
विदेशबाट आएका पुरूषमा संक्रमण देखिएपछि गत मंगलबार परिवारका बाँकी सदस्यको पनि स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। जसमध्ये संक्रमित पुरूषको भाउजूमा संक्रमण देखिएको हो।
यो नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सरेको पहिलो घटना हो। शनिबार नै भारतबाट आएका कैलाली र कन्चनपुरका दुई जना युवकमा कोरोना संक्रमण देखिएको थियो। उनीहरूलाई पनि सेती प्रादेशिक अस्पतालमै भर्ना गरिएको छ।