सरकारले चैत महिनामा उपत्यकाभित्र विदेशबाट आएका व्यक्तिको कोरोनाभाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा सो जानकारी गराएका हुन्।
उनले यसका लागि उपत्यकाभित्रका सबै मेयर र वडा अध्यक्षसँग छलफल गरेर कार्यान्वयन गर्ने निर्णय भएको बताए। यसका लागि रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालिन हुनेछन्।
सरकारले नेपालमा पनि संक्रमण बढेपछि परीक्षणका दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो।
हिजोमात्र सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापिड टेस्टिङ किटबाट परीक्षण गर्ने निर्णय गरेको हो।