दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हात्तीलोटेमा एक महिला मृत फेला परेकी छन्।
स्थानीय ४४ वर्षीया देविसरा पुन बिहीबार घरभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली जाँदै छ।
घटनास्थलमा रहेका असई माधव श्रेष्ठले कोही नभएको घरमा महिला मृत फेला परेको जानकारी दिए।
‘गएराति श्रीमान तल्लो तलामा र श्रीमती माथिल्लो तलामा सुतेको भन्ने बुझिन आएको छ,’ श्रेष्ठले भने, ‘बिहान हेर्दा पुन मृत फेला परेको भन्ने छ।’
श्रीमान गाउँतिर गएको र छोरा कपुरकोटतिर गएको अवस्थामा पुन घरभित्र मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।