तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढी निवासी ३७ वर्षीय बलबहादुर थापा मगरको मृत्यु भएको छ।
विहीबार मध्यान्ह १२ बजेतिर तुलसीपुर १८ विजौरीस्थित मलवारले कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा थापालाई करेन्ट लागेको थियो।
गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
बुधबार बेलुका राप्ती नदीमा नहाउने क्रममा अर्का एक युवाको डुवेर मृत्यु भएको थियो। लमही नगरपालिका वडा नं. ९ का २६ वर्षीय राजेश खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।