तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई अण्डा उपहार दिन सुरु गरेको छ। घरमै पुगेर सुत्केरीलाई अण्डा उपाहारका रुपमा दिन थालिएको छ।
सुत्केरीलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव नहोस् भनेर एक क्यारेट अण्डा उपहार दिन थालिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए।
उनले सुत्केरी हुने वित्तिकै अण्डा घरमै लगेर दिने गरिएको बताए। हालसम्म तुलसीपुरको वडा नं ११ मा ३ जनालाई , वडा नम्वर ७ मा ५ जनालाई, वडा नं ४ मा ७ जनालाई अण्डा वितरण गरिएको छ।
लकडाउनको अवधिमा मात्रै करिव एकसय जना जति सत्केरीलाई अण्डा उपहार प्रदान गरिएको नगर प्रमुख पाण्डेले जानकारी दिए।