विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ।
स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गर्ने बताएका हुन्।
'सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति दिने तयारी भइसकेको छ', प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्मेलनमा भने।