१४ वर्षीय किशोरी छोरीको हत्यामा संलग्न बाबुलाई इरानको प्रहरीले पक्राउ गरेको छ।
ती व्यक्तिले 'अनर किलिङ'कामा नाम छोरीको हत्या गरेको बिबिसीले आफ्नो समाचारमा जनाएको छ। हत्याले इरानमा व्यापक आक्रोश उत्पन्न गराएको छ।
हत्या गरिएकी किशोरीको नाम रोमिना अस्रफी हो।
३५ वर्षे प्रेमीसँग विवाह गर्ने चाहनालाई बाबुले अस्वीकार गरेपछि रोमिनाले भागेर विवाह गरेकी थिइन्।
यसरी भागकी रोमिनालाई प्रेमीसँग छुटाएर प्रहरीले बाबुको घर फर्काइदिएको थियो। रोमिनाले भने आफ्नो ज्यानलाई खतरा रहेको भन्दै फर्किन अस्वीकार गरेकी थिइन्।
स्थानीय इरानी समाचार वेबसाइटका अनुसार गत बिहीबार रमिनाको हँसियाले रेटेर हत्या गरेका थिए। हत्यापछि उनी बाबु हँसिया बोकेर प्रहरीसमक्ष पुगेका थिए।
बुधबार इरानीका राष्ट्रिय दैनिकहरूले रोमिना हत्याकाण्डलाई प्रमुखता दिएर आफ्नो मुखपृष्ठको समाचार बनाएको बिबिसीले जनाएको छ।
समाचारहरूमा महिला र किशोरीहरूको सुरक्षा दिन नसकेकोमा विधमान कानुनी व्यवस्थाप्रति खेद प्रकट गरिएको छ।
यसैगरी घटनाको विरोधमा पर्सियन ह्यासट्याग ५० हजारपटक भन्दा बढी प्रयोग गरिएको थियो। ती ह्यासट्याग प्रयोगकर्ताहरू सबैले सो हत्या र पितृसत्तात्मक इरानी समाजको आलोचना गरेका छन्।
इरानकी महिला तथा पारिवारिक मामिलाकी पूर्व उपाध्यक्ष तथा महिला अधिकार सुरक्षाका लागि इरान समाजकी वर्तमान सचिव शाहिनदोख्त मोलाभर्दी 'रोमिना न पहिलो हुन न उनी यो अनर किलिङको अन्तिम पीडित हुन्' भनेर लेखेकी छिन्।
उनले स्थानीय तथा विश्व समुदाय यसलाई रोक्न पर्याप्त मात्रामा नलागेसम्म यस्ता हत्याहरू आगामी दिनमा पनि जारी रहने बताएकी छन्।
इरानको स्लामिक कानुन परिवारको प्रतिष्ठाका खातिर पारिवारिक सदस्यहरूले गर्ने हत्या र हिंसाका लागि नरम छ।
के हो 'अनर किलिङ'?
परिवारको सामाजिक प्रतिष्ठामा आँच आउने काम गर्ने आफ्ना पारिवारिक सदस्यको हत्या गर्ने कृत्यलाई 'अनर किलिङ' भनिन्छ।
मानव अधिकारवादीहरूले निम्न अवस्थामा यस्ता हत्याहरू हुने गरेको बताउँछन्
* मागी विवाह गर्न नमानेमा
* यौन दुर्व्यवहार वा बलात्कृत भएमा
* वैवाहिक सम्बन्ध बाहिर यौनसम्बन्ध कायम गरेमा वा आरोपमात्र पनि लागेमा
यसैगरी निर्देशित गरिएको भन्दा फरक पहिरन लगाएमा वा अस्वीकृत व्यवहार र क्रियाकलाप गरेमा पनि यस्ता हत्या हुने गरेको छ।
इरानमा कुनै पुरूषले आफ्नी ३ देखि १० वर्ष उमेरकी छोरीको हत्या गरेमा उनलाई ३ देखि १० वर्षसम्मको कैद सजाय हुनेगर्छ। यस्ता मामिलामा मृत्युदण्ड वा ब्लड मनीको सजाय हुँदैन।
इरानमा वार्षिकरुपमा यस्ता हत्या कति हुन्छन भन्ने कुनै आधिकारिक तथ्यांक छैन तर मानवअधिकारवादीहरूले गत वर्ष पनि यस्ता हिंसात्मक घटना निरन्तर भएको र यो विशेष गरी त्यहाँका ग्रामिण र कबिला समुदायमा धेरै हुने गरेको बताउँछन्।