सरकारले चालु वर्षका तुलनामा स्वास्थ्य बजेट २१ अर्ब बढाएको छ।
बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष ३१ प्रतिशतले स्वास्थ्य बजेट बढाएका हुन्।
चालु वर्षका लागि सरकारले संघीय सरकारका लागि ६८ अर्ब ७७ करोड बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ।
तर समग्र स्वास्थ्य क्षेत्रको विनियोजन भने ७८ अर्बबाट १ खर्ब १५ अर्ब पुगेको छ। स्थानीय तथा प्रदेशमा जाने बजेटसहित १ खर्ब १५ अर्ब विनियोजन भएको छ।