सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ।
बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक सरोकार र लोक कल्यण्कारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने बताएका हुन्।
'सूचना प्रविधिमा आधारित सञ्चारमाध्यमलाई प्रवर्द्धन गर्न सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने,'उनले भने।