नेपालमा शुक्रबार १७० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन्। उनका अनुसार संक्रमितहरू झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १(पाटन अस्पतालमा कार्यरत), म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपरासी २, रौतहट ५६, सर्लाही ४, रूपन्देही १, दाङ २ का रहेका छन्।
योसँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित छन्। पछिल्ला दिनमा भारतबाट नेपाली आउने क्रम बढेसँगै नेपालमा कोरोनाका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन्।
कोरोनाबाट अहिलेसम्म नेपालमा ६ जनाको मृत्यु भएको छ। भारतबाट फर्किरहेका अर्घाखाँचीका एक युवाको बाटोमै मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युलाई पनि नेपालमै गणना गरेको छ।