रौतहटमा भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टिनको व्यवस्था मिलाउन खोज्दा ढुङ्गामुढा भएपछि वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो गजुरा नगरपालिका ५मा भारतबाट फर्किएका नागरिकलाई व्यवस्थित क्वारेन्टिनमा लैजान खोज्दा वडा नम्बर ४का वडाध्यक्ष पवन गिरी सहित स्थानीयले अवरोध गरेका थिए।
‘हिजो भारतबाट फर्केका नागरिकलाई गोदाममा राखिएको थियो,’ जिल्ला प्रहरी कर्यालयका डिएसपी भरत श्रेष्ठले भने ‘आज व्यवस्थित ठाउँमा लैजान खोज्दा वडाध्यक्षसहित स्थानीयले ढुङ्गामुढा गर्न थाले।’
प्रहरीमाथि ढुङ्गामुढा प्रहार हुँदा चार जना प्रहरी घाइते समेत भएको उनले जानकारी दिए। घाइते प्रहरीको अवस्था सामान्य रहेको छ।
उनका अनुसार वडाध्यक्षले आफ्ना नागरिकलाई त्यही राख्न जिद्दी गरेर स्थानियलाई उचालेका थिए। प्रहरीले वडाध्यक्षलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।