शनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। नेपालमा अब एक हजार चार सय एक जनामा कोरोना संक्रमण देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये एक सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ। धनुषाका ७ जना, झापाका एक जना, कपिलवस्तुका ७७ जना, ललितपुरकी एक जना, महोत्तरीका चार जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहाका ११ जनामा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए।
रूपन्देहीमा गरिएको परीक्षणमा २६ जनाको पोजेटिभ आएको छ। कपिलवस्तु यशोधराका २९ जना छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ। उनीहरू सप्तरीका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ। उनीहरू विजयनगर कपिलवस्तुका ३ जना, हापुरे दाङका एक जना, बगालचुली दाङकै चार जना छन्।
नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनाको पोजेटिभ आएको छ। बाराका एक जना, पर्साका दुई जना हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्।
कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा पोजेटिभ आएको छ। उनीहरू संखुवासभाका हुन्। यस्तै शनिबार १३ जना कोरोना जितेर घर फर्केका छन्।