बाँकेको ठुरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये चार जनाको सनाखत भएको छ।
दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २१ वर्षीय रामकुमार पुन, गाडी चालक दैलेखको गुराँस गाउँपालिका वडा नं. ४ का २८ वर्षीय दानबहादुर खड्का र सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ३ निवासी सहचालक १९ वर्षीय पवन भण्डारी र सोही ठाउँका अन्दाजी १८ वर्षीय रितेश कार्कीको मात्रै सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदयेश कुमार सापकोटाले जानकारी दिए।
यो विवरण सोमबार बेलुका साढे ४ बजेसम्मको हो। मृतकमध्ये थप ८ जनाको सनाखत भने अझै हुन बाँकी नै छ।
प्रहरीले अन्य व्यक्तिको पनि नाम भने पत्ता लागेको भए पनि स्पष्ट पहिचान भइनसकेको जानकारी दिएको छ।
प्रहरीले दुर्घटनाका थप २१ जना घाइतेको भने नाम-ठेगाना सार्वजनिक गरिसकेको छ।