सिराहामा एक १५ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गएराति सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ३ गागन खोलामा लगेर ४ जना युवाले आफूलाई बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी थिइन्।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरीको टोलीले घटनामा संलग्न भनिएका ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।
पक्राउ पर्नेमा सिराहा जिल्लाको नरहा गाउँपालिका वडा नं. ४ का २५ वर्षीय रामबाबु भनिने चन्देश्वर यादव, ओरही गाउँपालिका वडा नं. २ का २० वर्षीय अम्बर यादव, २३ वर्षीय जगरनाथ यादव र सुखिपुर नगरपालिका वडा नं. ६ का १९ वर्षीय गोलु महतो रहेका सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।