बुधबार थपिएका २०१ जना कोरोना संक्रमितमध्ये एक जना सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजकी स्वास्थ्यकर्मी रहेको खुलेको छ।
मंगलबारमात्र दुई जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएकोमा आज थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
मंगलबार दुई स्वास्थ्यकर्मीसहित अस्पतालमा उपचार गर्न आएका दुईजना व्यक्तिमा संक्रमण देखिएको थियो।
आफ्ना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले आकस्मिकसहित सबै सेवा स्थागित गरेको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआइन्जेल सबै सेवा स्थागित भएको जानकारी दिएको छ।
यसैगरी, काठमाडौं मेडिकल कलेज र टोखाका गरी तीन महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।