भारत सरकारले सपिङ मल, अफिस, रेष्टुराँ, मठ मन्दिरलगायत खोल्न दिने भएको छ।
बिहीबार भारत सरकारले सोमबारदेखि सपिङ मल, अफिस, रेष्टुरेन्ट, मठ मन्दिर लगायत खोल्न निर्देशिका तयार पारेको हो।
निर्देशिकामा सरकारले मलमा आएका ग्राहकहरूलाई व्यवस्थित तरिकाले आउन दिनेदेखि मन्दिरमा मूर्तिलाई छुन नदिनेसम्म तयार पारेको छ। तर संक्रमित क्षेत्रहरूमा भने सम्पूर्ण सेवा बन्द हुने जनाइएको छ।
सबैको प्रवेशद्वारमा तापक्रम नापिनेछ भने सबैले अनिवार्य मास्क लगाउनुपर्ने बताइएको छ।
सिनेमा हल, गेमिङ क्षेत्र, पार्कहरू भने बन्द हुनेछन्।
पसल तथा सपिङ मलमा जाँदा ६ फिटको भौतिक दूरी कायम गरी लामबद्ध भइ प्रवेश गर्न पर्नेछन्।
लिफ्टबाट पनि एक पटकमा एक जनामात्रै चढ्न पाइनेछ भने एलिभेटरमा एक सिढी छाडेर चढ्नुपर्नेछ।
पटक/पटक प्रयोग भइरहने ढोकाको ह्यान्डल, एलिभेटरको बटन, रेलिङ, कुर्ची लगायतलाई नियमित सफा गर्ने बताइएको छ।